गाउँ सहर

पशुपति मन्दिरमा लुकीछिपी फाेटाे खिच्नेमाथि नगरानी, मोबाइल जफतदेखि कारबाहीसम्म

काठमाडौं । पशुपति मन्दिरमा लुकीछिपी फाेटाे खिच्नेमाथि कारबाही हुने भएकाे छ । अबदेखि लुकेर फोटो र भिडियो खिचेर सामाजिक सञ्जालमा हाल्नेलाई पशुपति क्षेत्र विकास कोषले कारबाही गर्ने भएको हाे । त्यतिमात्रै हाेइन मोबाइल जफत हुन सक्छ ।

कोषका अनुसार तोके बमोजिम शुल्क लिने बैंकमा दाखिला गराइनेछ । शुल्क नतिरेमा फोटो खिच्‍न प्रयोग गरिएको उपकरण जफत गरिने कोषले बताएको छ ।

कोषले जारी गरेको सूचनामा लेखिएको छ,' जरिवाना बुझाएपछि खिचिएको फोटो तथा भिडियो हटाएर मात्र सो उपकरण दर्शनार्थीलाई फिर्ता गरिनेछ ।'

मोबाइल, कलम र घडीमा समेत क्यामेरा जडान गरिएको हुँदा कुनै पनि अवस्थामा मन्दिर परिसर र वरिपरिको फोटो खिच्न नपाइने सूचना टाँस गरिएको छ । अंग्रेजी र नेपाली दुवै भाषामा तथा सांकेतिक रुपमा फोटो खिच्न प्रतिबन्ध गरिएको कोषले उल्लेख गरेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत