पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आगामी पुसबाट सञ्चालन हुने
- गाउँ सहर संवाददाता
- २२ श्रावण आइतबार, २०७९ | २१:१६:०० मा प्रकाशित
काठमाडाैं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आगामी पुस १७ गतेबाट (सन् २०२३, जनवरी १) सञ्चालनमा आउने भएको छ।
आइतबार बसेको नागरिक उड्ड्यन प्राधिकरण सञ्चालक समितिको बैठकले उक्त विमानस्थल सन् २०२३ को जनवरीदेखि सञ्चालनमा ल्याउने निर्णय गरेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए।
‘जनवरी १ बाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने निर्णय भएको छ,’ प्रवक्ता निरौलाले भने।
पोखरा एयरपोर्ट २०० हेक्टर जमिनमा बनेको छ। यसमा २.५ किलोमिटर लामो र ४५ मिटर चौडाइको एउटा धावनमार्ग छ। यसले धेरैमा वार्षिक १० लाखसम्म यात्रुलाई सेवा दिन सक्ने बताइएको छ।
सुरूमा यो विमानस्थल सन् २०२१ जुलाईमा निर्माण हुने भनिएको थियो। तर कोरोना महामारी र लकडाउनका कारण निर्माणमा ढिलाइ भएको आयोजनाले बताएको छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
- इलाम-१ मा उपनिर्वाचनका लागि यी २० दल भए दर्ता
- धरौटीमा छुटे सुन तस्करी प्रकरणमा पक्राउ परेका गुरुङ
- दुर्गा प्रसाईँका सुरक्षा गार्ड पक्राउ, साथबाट हतियार र सय राउण्ड गोली बरामद
- दीपक मनाङे बने भौतिक पूर्वाधार मन्त्री
- केही दिनदेखि शेयरबजारमा देखिएन उत्साह
- ‘नेता कुटपिटमा हाम्राे कुनै संलग्नता छैन, झुठो आरोप लगाइयो’
- प्रतिनिधिसभा बैठक प्रत्यक्ष प्रसारण
- माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ
प्रतिकृया दिनुहोस