शिक्षा

"नेपालमा वित्तीय प्रविधिको बढ्दो उपयोग" शीर्षकमा प्यानल डिस्कसन

काठमाडाैँ। मिड-भ्याली इन्टरनेशनल कलेजका बीबीए (फाइनान्स) फस्ट ब्याचका विद्यार्थीहरूद्वारा "नेपालमा वित्तीय प्रविधिको बढ्दो उपयोग" शीर्षकमा प्यानल डिस्कसन सफलतापूर्वक आयोजना गरिएको थियो।

यो कार्यक्रम आयोजना गर्नु उनीहरूकै पाठ्यक्रमको एक हिस्सा थियो। यो कार्यक्रम स्थानीय र विश्वव्यापी परिप्रेक्ष्यमा फिनटेक उद्योगमा भएका आविष्कारहरू/परिवर्तनहरू अन्वेषण गर्ने उद्देश्यका साथ आयोजना गरिएको थियो। साथै, विद्यार्थीहरूलाई यस बढ्दो उद्योगको नजिक ल्याउन र वर्तमान परिदृश्य र भविष्यका सम्भावनाहरूको सन्दर्भमा चेतना जगाउने लक्ष्य राख्नु नै हो।

यसबाहेक, यसले विचारहरू र सूचनाहरू साझा गर्नका साथै प्रमुख उद्योगको विश्लेषणात्मक ज्ञान प्राप्त गर्नको लागि एक सूचनात्मक प्लेटफर्म सिर्जना गर्ने लक्ष्य राख्छ जुन फलस्वरूप ठूलो प्रेरणामा परिणत हुन सक्छ। प्यानल डिस्कसन कार्यक्रममा काठमाडौँका विभिन्न +२ कलेजहरूका २०० भन्दा बढी विद्यार्थीहरू र शिक्षा/फिनटेक समुदायका अतिथिहरूको उपस्थिति रहेको थियो।

छलफलका क्रममा F1Soft International Pvt. Ltd. का सिईओ शुभाष शर्माले सिमलेस लेनदेनको लागि प्राविधिक प्लेटफर्ममा व्यवसाय र मानिसहरूलाई जोड्दा खर्च कम, समय बच्नेर र पारदर्शिता रहने जानकारी गराए। ठमेल रेमिट प्रालिका सह-संस्थापक बालकृष्ण जोशीले २१औ शताब्दीले दिएको उपहार नै प्रविधि हो, पैसा क्षणभरमै एक ठाउँबाटअर्को ठाउँमा पठाउन हाल यती सहज छ। यही प्रविधि आफ्नो व्यवसाय ढुक्कसंग गरिरहेको अनुभव जोशीले विद्यार्थीहरूलाई छलफल मार्फत प्रस्तुत गरे।

छलफलकै क्रममा सोर्स कोड प्रा. लिमिटेडका मेनेजीङ डाइरेक्टर अभिजित श्रेष्ठ, डाटा-केन्द्रित निर्णय लिने र प्रविधिलाई उच्च उपयोग गर्न सकेका अत्यधिक नव युवा व्यवसायी सहजै सफल भए को उदाहरण दिँदै विद्यार्थीहरूलाई उत्प्रेरणात्मक प्रस्तुति दिएका थिए।

प्यानल डिस्कसको साथसाथै Mid Valley International College का विद्यार्थीहरूले आफ्ना सांगीतिक नृत्य प्रस्तुत गरे, जसले दर्शकहरूमा उत्साह थप्यो। कार्यक्रमको अन्तमा उपस्थित प्यानलीस्ट र अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो।

कार्यक्रम सम्पन्न पश्चात मिड-भ्याली इन्टरनेशनल कलेजको इन-हाउस रेस्टुरेन्टमा BHM अध्ययन गर्दै गरेका विद्यार्थीहरुले तयार पारिएको खाना आतिथ्यताका साथ अतिथिहरूलाई फुड टेस्ट गरिएको थियो। कार्यक्रमलाई सिंगापुर बेभरेज नेपाल प्रालिले प्रायोजन गरेको थियो। कार्यक्रमको मिडिया पार्टनर जुपिटर मिडिया थियो।

गाउँ सहर संवाददाता

तपाईँको मत