नारा उसकै तर नसुध्रिएकाे काठमाडाैँकाे फोहोर व्यवस्थापन, कहाँ चुक्याैँ ? चुनाव अघिकै ताल
- गाउँ सहर संवाददाता
- २२ श्रावण आइतबार, २०७९ | १६:२९:०० मा प्रकाशित
काठमाडौँ । यतिबेला काठमाडाैँ उपत्यकाका चाेक, सडकमा फाेहाेरका थुप्राेमात्रै देखिन्छन् । सर्वसाधारणहरू नाक थुन्दै हिँड्नुपरिरहेकाे छ । याे राेग अहिलेकाे हाेइन वर्षाैँ भइसक्याे तरपनि समाधन देखिएकाे छैन । ठाउँ ठाउँमा महिनाैँदेखि फोहोर उठ्न सकेकाे छैन जसले गर्दापनि चाेक तथा गल्लीहरूमा बेहालकाे अवस्था छ ।
समस्या समाधानकाे लागि राजनधानीबासीले नेतृत्वमा नयाँपन ल्याए तर समस्याकाे व्यवस्थापन झनै हुन सकेकाे छैन । महिनाैँदेखि राेकिएकाे फाेहाेरले सिङ्गै उपत्यका कुरूप देखिनुका साथै महानगर दुर्गन्धित बनेको छ ।
पछिल्लो समय काठमाडौँ उपत्यकामा फोहोरको डङ्गुर थुप्रिएर कुरूप नै बनेको छ । तर, यसको समाधानको उपाय भने निकै फितलो देखिन्छ । गत वैशाख ३० गते भएको दोस्रो चरणको स्थानीय चुनावमा स्वतन्त्रबाट मेयर बालेन्द्र शाह निर्वाचित भए । उनले पहिले आफ्नो चुनावी घोषणामा भनेका थिए- चुनाव जिते आफ्नो पहिलो काम भनेको काठमाडौँलाई फोहोर मुक्त बनाउने ।
चुनाव आउनुभन्दा अगाडिदेखि थुप्रिएको फोहोरलाई व्यवस्थापन गर्नु उनको प्रमुख चुनौती थियो । नभन्दै नयाँ मेयरमा बालेन्द्र शाह र उपमेयरमा सुनिता डङ्गोल निर्वाचित भए । उनीहरू निर्वाचित भएपछि सुरुमा काठमाडौँकाे फाेहाेर उठेजस्ताे भयाे तर ल्याण्डफिल साइटकाे समस्याले पुनः विसर्जन राेकियाे ।
अहिलेसम्म स्थानीयकाे माग सम्बोधन हुन सकेको छैन । असार मसान्तभित्र स्थानीयवासीको माग सम्बोधन नभए साउन १ गतेबाट काठमाडौँबाट आएका फोहोर विसर्जन गर्न नदिने चेतावनी पनि स्थानीयले दिएका थिए । यता काठमाडौँमा भने गएको महिना फोहोर ठाउँ–ठाउँबाट केही उठे पनि अहिले फेरि काठमाडौंका चोक–चोकमा उस्तै हालत देखिन थालेको छ ।
विभिन्न समस्याकाे समाधानमा कुनै समय नलागेपनि वर्षाैँदेखिकाे काठमाडाैँ फाेहाेरकाे घिनलाग्दाे राजनीतिले जनता आजित बनेका छन् । तरपनि समाधान कहिल्यै निस्कने हाेइन । यस्ताे पाराले जुनै जाेगी आएपनि कानै चिरेकाे भन्ने पुष्टि हुँदैन र ?
एकातिर फाेहाेर नै समयमा उठाउन र व्यवस्थापन गर्न नसकेकाे अवस्थामा फोहोर उत्सर्जन हुने स्रोत स्थलबाटै सड्ने र नसड्ने फोहोर छुट्याउने कामलाई अभियानका रूपमा अगाडि बढाउने, त्यसका लागि घर–घरमा सचेतना कार्यक्रम फैलाउने, ल्याण्डफिल साइटहरूमा केमिकल प्रयोग गरेर दुर्गन्धरहित बनाउने, फोहोर व्यवस्थापनका लागि सम्बन्धित विज्ञहरूसँग छलफल गर्नेलगायतका काम महानगरले अगाडि बढाएको भन्ने कुरामा उल्टै शंका उब्जिएका छन् ।
फाेहाेरकाे पैसा नतिरेका छैनन ग्राहकहरूले तर समयमा व्यवस्थापन गर्न नसक्नु महानगरकाे लाचारीपन हाेइन ? पपुलिस्ट नभइ काम गरे समस्याकाे समाधान निस्कँदैन ? सामाजिक सञ्जालमा मात्र देखाएर केही हुन्न, काम गर्ने नेतृत्व काठमाडाैँबासी/देशबासीले खाेजेकाे हाेइन र ? कि फाेहाेर व्यवस्थापनकै नारा वर्षाैँ राख्ने ? जस्ता धेरै प्रश्न नेतृत्वमाथि तेर्सिन थालेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
- इलाम-१ मा उपनिर्वाचनका लागि यी २० दल भए दर्ता
प्राप्त प्रतिक्रिया
जुन जाेगि पनि कानै चिरेकाे के के नै हाेल जस्ताे गरथे अखेरि म उई हाे खेाने मुख सबैकाे छ लक्जरि घर बनायनु छ लाइनकुजर लक्जरी गाडि किन्नु छ ????????????????
प्रतिकृया दिनुहोस