वातावरण

मंगलबारपनि धेरै प्रदेशहरूमा भारी वर्षा

काठमाडाैँ । २०७९ श्रावण १७ गते (मंगलबार), जल तथा माैसम विभागका अनुसार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहने छ । देशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति देशभर आंशिक देखि सामान्य बदली रहने छ । देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत