गाउँ सहर
म्यासेन्जरमा अश्लील कुरा गरेर पैसा असुल्ने दम्पती प्रहरी फन्दामा
- गाउँ सहर संवाददाता
- १३ श्रावण शुक्रबार, २०७९ | १८:२०:०० मा प्रकाशित
काठमाडाैं । हनि ट्रयापमा पारेर रकम असुलेको आरोपमा एक दम्पती पक्राउ परेका छन् । एउटै व्यक्तिसँग दोस्रोपटक रकम लिन लाग्दा उनीहरू पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा सोलुखुम्बुको नेचासल्यान गाउँपालिका ३ बतासेका २४ वर्षीय शेखर बास्तोला र २० वर्षीया रोजिन राउत हुन् ।
उनीहरु हाल भक्तपुरको बालकोट बस्दै आएका छन् । रोजिनाले पुरुषलाई फ्रेन्ड रिक्वेस्ट पठाउने र साथी बनाइसकेपछि म्यासेन्जरमा अश्लील कुरा गर्ने गरेको पाइएको छ ।
त्यसरी पुरुष व्यक्तिसँग अश्लील कुरा गरेपछि रकम माग गर्ने र नभए मुद्दा दायर गर्ने धम्की दिएर रकम असुल्ने गरेको खुलेको छ ।
शेखर भने साइबर ब्युरोको प्रहरी निरीक्षक हुँ भन्दै रोजिनासँगको कारोबार मिलाउन नभए पक्राउ गरेर कारबाही अगाडी बढाउने डर देखाउने गरेको खुलेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
- इलाम-१ मा उपनिर्वाचनका लागि यी २० दल भए दर्ता
- धरौटीमा छुटे सुन तस्करी प्रकरणमा पक्राउ परेका गुरुङ
- दुर्गा प्रसाईँका सुरक्षा गार्ड पक्राउ, साथबाट हतियार र सय राउण्ड गोली बरामद
- दीपक मनाङे बने भौतिक पूर्वाधार मन्त्री
- केही दिनदेखि शेयरबजारमा देखिएन उत्साह
- ‘नेता कुटपिटमा हाम्राे कुनै संलग्नता छैन, झुठो आरोप लगाइयो’
- प्रतिनिधिसभा बैठक प्रत्यक्ष प्रसारण
- माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ
प्रतिकृया दिनुहोस