अर्थतन्त्र

बिस्तारै उकालाे चढ्दैछ नेप्से

काठमाडौं । शुक्रबार नेप्से उकालो लागेको छ । बिहीबार १६ अंकले बढेको नेप्से साताको अन्तिम कारोबार दिन आज १२.९२ अंक बढेर बन्द भएको छ । गत कारोबारको तुलनामा ०.६१ प्रतिशतले बढेर नेप्से दुई हजार १४०.३९ को बिन्दुमा पुगेको छ ।

त्यस्तै, आज नेप्सेमा दुई अर्ब १९ करोड १६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । 

आज कारोबार भएका कम्पनीमध्ये १०३ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ७१ वटा कम्पनीको शेयरमूल्य घटेको छ । साथै ९ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । यसमध्ये दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । रिलायन्स लाइफ इन्स्योरेन्सको शेयरमूल्य आज १० प्रतिशतले बढेर प्रतिकित्ता ३६८.५० रुपैयाँ पुगेको छ भने राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १२८८.३० रुपैयाँ पुगेको छ । 

नेप्सेका अनुसार आज बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य ३.४८ प्रतिशतले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट कम्पनीको भएको छ । यसको आज १२ करोड ८६ लाख भन्दा बढीको कारोबार भएको छ ।                           

गाउँ सहर संवाददाता

तपाईँको मत