नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नेपाल लोकतान्त्रिक शेर्पा संघकाे निम्ताे
- गाउँ सहर संवाददाता
- १२ श्रावण बिहीबार, २०७९ | २१:०६:०० मा प्रकाशित
काठमाडाैँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नेपाल लोकतान्त्रिक शेर्पा संघकाे निम्ताे गरेकाे छ ।
अध्यक्ष ओलीलाई नेपाल लोकतान्त्रिक शेर्पा संघले आगामी श्रावण २८ गते आयोजना गरिएको महाधिवेशनमा प्रमुख अतिथिको लागि उनकै निवासमा निमन्त्रण पत्र हस्तान्तरण गरेर निम्ताे दिएकाे हाे ।
निम्ताे दिन केन्द्रीय सचिवालय संयोजक नामगेल शेर्पा र नेकपा एमाले केन्द्रीय सदस्य पासाङ शेर्पा पुगेका थिए ।
नेपाल लोकतात्रिक शेर्पा संघले श्रावण २८ गते आयोजना महाधिवेशनमा देशको सबै जिल्लाबाट २००० जना प्रतिनिधिहरु उपस्थित हुने भएको संघले जनाएकाे छ । कार्यक्रम स्मार्ट पार्टी प्यालेस काठमाडाैँमा हुनेछ ।
कार्यक्रम व्यवस्थापनको लागि ५०१ जना आयोजक कमिटी गठन भैसकेको छ । कार्यक्रमलाई थप व्यवस्थित एवं सार्न्दभिकता दिन उपसमिति गठन गरी आ- आफ्नो विभाग पनि सुम्पिसकेको संयोजक शेर्पाले बताए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस