गाउँ सहर

न्वारन - काेशी नहुने, सगरमाथा र किराँतपनि नहुनेः पूर्वी प्रदेश कि यथास्थितिमै सहमति ?

काठमाडाैँ । देशभरका अन्य प्रदेशहरूकाे नामाकरण भइसक्दापनि प्रदेश १ काे नामाकरण पाँचवर्ष पुग्न लाग्दापनि हुन सकेकाे छैन । प्रदेश १ को नाम सगरमाथा राख्नुपर्ने, किराँत राख्नुपर्ने, काेशी राख्नुपर्ने मागका कारण अहिलेसम्म न्वारन हुन सकेकाे छैन ।

यस विषयमा माओवादी एकातिर, एमाले अर्काेतिर र काँग्रेस एकातिर र अन्य अर्कातिर देखिएका छन् । सबैले आआफ्नै नामांकन सहि हुने तर्क गरिरहेका छन् ।

प्रदेशसभाको कार्यकाल सकिने मिति नजिकिदै गर्दा प्रदेशको नाम जुराउन प्रदेश सरकार र प्रदेशसभा सदस्यलाई चटारो परेको छ । नाम के राख्ने भन्ने अझै टुंगोमा पुग्न नसकेका बेला विभिन्न दवावहरू उत्पन्न हुनपनि थालेका छन् ।

यस हिसावले सबैकाे समहति नजुटेकाे खण्डमा प्रदेश १ नै वा पूर्वी प्रदेश हुनसक्ने विज्ञहरूले अनुमान लगाउन थालेका छन् । उनीहरूका अनुसार अब याे विषयमा गम्भीर छलफल जरूरी छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत