खेल

साफ यू-२० च्याम्पियनसिपमा नेपालले आज श्रीलंकासँग खेल्दै

काठमाडाैं । साफ यू-२० च्याम्पियनसिप पुरुष फुटबल खेलमा नेपालले आज (बुधबार) दोस्रो खेल खेल्दैछ ।

भारतकाे भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुने नेपाल र श्रीलंकाबीचको खेल साँझ ७:१५ बजे सुरु हुनेछ ।

सोमबार भएको उद्घाटन खेलमा माल्दिभ्सलाई ४-० गोल अन्तरले हराएको नेपाल उच्च मनाेबलकासाथ मैदानमा उत्रनेछ । 

नेपाल आज श्रीलंकालाई हराएर लगातार दोस्रो जित निकाल्न चाहन्छ ।

च्याम्पियनसिपमा आयोजक भारत र नेपालसँगै माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ ।

नेपालले श्रीलंकापछि तेस्रो खेलमा भारतसँग आगामी आइतबार र अन्तिम खेल बंगलादेशसँग आगामी मंगलबार प्रतिस्पर्धा गर्नेछ ।

शीर्ष दुई टोलीले उपाधिका लागि अर्को हप्ताको शुक्रबार प्रतिस्पर्धा गर्ने छन् ।

 

गाउँ सहर संवाददाता

तपाईँको मत