गाउँ सहर

पारित भएको नागरिकता विधेयक चाँडै कार्यान्वयनमा आउने

जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नागरिकता विधेयक सदनबाट पारित भएपछि ६-७ लाख नेपालीले नागरिकता पाउने बताएका छन् ।

आज (शनिबार) सर्लाहीमा आयाेजना गरिएकाे पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन आएका अध्यक्ष प्रचण्डले जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै यस्ताे बताएका हुन् ।

उनले नागरिकता अभावका कारण नेपालीहरू धेरै कामबाट बञ्चित हुनुपर्ने अवस्था रहेकोमा त्यसको समाधान भएको बताए ।

उनले पारित भएको नागरिकता विधेयक चाँडै कार्यान्वयनमा आउने पनि बताए ।

गाउँ सहर संवाददाता

तपाईँको मत