गाउँ सहर
पाँचदेखि १२ वर्षमुनिका बालबालिकालाई आजदेखि कोरोनाविरुद्धको दोस्रो मात्रा खोप दिइँदै
- गाउँ सहर संवाददाता
- २ श्रावण सोमबार, २०७९ | ०९:१९:०० मा प्रकाशित
काठमाडौं । पाँचदेखि १२ वर्षमुनिका बालबालिकालाई आजदेखि कोरोनाविरुद्धको दोस्रो मात्रा खोप दिइँदै छ । पहिलो मात्रा फाइजर खोप लगाएका २७ जिल्लाका बालबालिकालाई दोस्रो मात्रा दिन लागिएको हो ।
यही साउन ८ गतेसम्म यसअघि केन्द्र रहेको विद्यालयबाटै खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
दोस्रो मात्रा खोप लगाउन जाँदा पहिलो मात्रा लगाएको कार्ड बोकेर जान मन्त्रालयले आग्रह गरेको छ । खोप निःशुल्क पाइन्छ ।
झापा, इलाम, मोरङ, सुनसरी, सप्तरी, धनुषा, पर्सा, सिरहा, महोत्तरी काठमाडौं, ललितपुर, भक्तपुर, काभे, चितवन, सिन्धुली, मकवानपुर, कास्की, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, बाँके, दाङ, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर र डडेलधुराका बालबालिकालाई खोप दिइनेछ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
- इलाम-१ मा उपनिर्वाचनका लागि यी २० दल भए दर्ता
- धरौटीमा छुटे सुन तस्करी प्रकरणमा पक्राउ परेका गुरुङ
- दुर्गा प्रसाईँका सुरक्षा गार्ड पक्राउ, साथबाट हतियार र सय राउण्ड गोली बरामद
- दीपक मनाङे बने भौतिक पूर्वाधार मन्त्री
- केही दिनदेखि शेयरबजारमा देखिएन उत्साह
- ‘नेता कुटपिटमा हाम्राे कुनै संलग्नता छैन, झुठो आरोप लगाइयो’
- प्रतिनिधिसभा बैठक प्रत्यक्ष प्रसारण
- माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ
प्रतिकृया दिनुहोस