मकास अटोमोटिभको मेकानिक्स मिट सम्पन्न
- गाउँ सहर संवाददाता
- १ श्रावण आइतबार, २०७९ | १५:४७:०० मा प्रकाशित
काठमाडौं । सवारी साधनमा प्रयोग हुने क्लच र यससँग सम्बन्धित कम्पोनेन्टको उत्पादक मकास अटोमोटिभको मेकानिक्स मिट शनिबार सम्पन्न भएको छ । सो अवसरमा मकासका उत्पादन र यसको विशेषता वारेमा कम्पनीका प्रतिनिधि र मेकानिक्सहरु बीचमा अन्तरक्रिया गरिएको छ ।
मकास अटोमोटिभका जनरल म्यानेजर प्रमोद कुमारले सो अवसरमा कम्पनीको उत्पादन र यसको विशेषता वारेमा जानकारी प्रदान गरे । क्लचदेखि ब्रेक लाइनिङ र फ्लाई ह्विलदेखि बटनसम्म सबै रेन्ज उपलब्ध गराउने कम्पनी भएकाले सबैका लागि कम्पनी विश्वसनिय भएको उनले बताए । मेकानिक्स र ग्राहकको बीचमा सधै सम्बन्ध बढाइरहने कम्पनीको लक्ष्य बमोजिम मन्दीको समयमा पनि राम्रो बजार लिएको उनको भनाइ छ । व्यस्तताको बाबजुद एमआरपी स्टिकरमा समेत आफ्नो मोबाइल नम्बर राखिएको र कुनै गुनासो भए सिधै सम्पर्क गर्न सकिने उनले बताए ।
मकास अटोमोटिभका मार्केटिङ म्यानेजर सलिम खानले कम्पनी सधै नम्बर वान रहने कुरामा विश्वास गर्ने बताउदै जर्मन टेक्नोलोजी कम्पनी निभासँगको सहकार्यले कम्पनीको उत्पादन थप विश्वसनिय भएको बताए ।
नेपाल अटो मेकानिक्स व्यवसायी संघका अध्यक्ष ठाकुर प्रसाद न्यौपानेले नेपाली अटो मेकानिक्सहरुले गुणस्तरीय उत्पादनमा विश्वास गर्ने भएकाले मकासका उत्पादन लोकप्रिय रहेको बताए । कम्पनीले उपलब्ध गराउने विश्वसनिय सेवा र गुणस्तरीय उत्पादनका कारण भविष्यमा समेत यसको विश्वसनियता कायम रहने उनले विश्वास व्यक्त गरे ।
संघका निवर्तमान अध्यक्ष दीपक खड्काले गुणस्तरीय उत्पादन भन्दा स्किम बिक्री भइरहेको बजारमा मकासले फरक पहिचान कायम गरेको बताए । उनले कम्पनीप्रतिको विश्वास आगामी दिनमा समेत कायमै रहने अपेक्षा गरे ।
सो अवसरमा नेपालका लागि आधिकारिक वितरक जयश्री चण्डेश्वरी अटोमोबाइल्स प्रालिका सञ्चालक सुरोजन शाक्य र अन्यले अटो मेकानिक्सहरुलाई स्वागत गरेका थिए ।
सबै प्रकारका हेभी कमर्सियल भेइकल सम्म मकासको क्लच र अन्य कम्पोनेन्ट प्रयोग हुन्छ । नेपाली बजारमा समेत पहिले लोकप्रिय रहेको क्लच अटो सन् २०१८ मा बन्द भए पश्चात उही समूहले नै मकास अटोमोटिभ सञ्चालन गरिरहेको छ ।
कम्पनीले १६० डाया देखि ४३० डाया सम्म सम्पूर्ण रेन्जका क्लच उत्पादन गर्छ । भारतको चार स्थानमा यसको कारखाना छ । थ्री ह्विलर देखि फोर ह्विलर सबै गाडीमा यसको प्रयोग हुन्छ । टाटा मोटर्स, आइसर, अशोक लेल्यान्ड आदि गाडीमा यसको प्रयोग हुन्छ । क्लच प्लेट, कभर एसेम्बली, लिभर किट, प्रेसर प्लेट र क्लचसँग सम्बन्धित सबै कम्पोनेन्ट मकास अटोमोटिभले उत्पादन गर्छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस