राजनीति

नेकपा एमालेबाट उपसभामुखमा विद्या भट्टराईले उम्मेदवारी दर्ता गरिन्

काठमाडौं । नेकपा एमालेबाट प्रतिनिधिसभाको उपसभामुखमा विद्या भट्टराईले उम्मेदवारी दर्ता गरेकी छन् ।

नले बिहीबार संसद् सचिवालय पुगेर उमेदवारी दिएकी हुन् । 

उनको प्रस्तावक प्रतिनिधिसभा सचेतक शान्ता चौधरी र समर्थकमा कृष्णभक्त पोखरेल रहेका छन् ।

यसअघि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) की उम्मेदवार चन्दा चौधरीलाई सहयोग गर्ने बताएपनि अन्तिममा एमालेले आफ्नै उम्मेदवार उठाएको हो ।

अन्तिम अवस्थामा लोसपा पनि गठबन्धनमा उभिने भएपछि एमालेले आफ्नै उम्मेदवार तयार पारेको बताएको छ ।

सत्ता, गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी पुष्पा भुसालले उमेदवारी दिएकी छन् ।

सांसद भट्टराई कास्कीबाट निर्वाचित हुन् ।

भोलि दिउँसो ३ बजे उपसभामुखको निर्वाचन हुँदैछ । आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयनको समय छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत