वातावरण

आगामी ३ दिन सम्म देशका प्रमुख नदीहरू र यसका सहायक नदीहरुको बहाव सामान्य घटबढ हुने, सतर्कता अपनाउन अनुराेध

काठमाडाैँ । आगामी ३ दिन सम्म प्रमुख नदीहरू कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्‍चिम राप्ती, बबई र यसका सहायक नदीहरुको बहाव सामान्य घटबढ हुने तथा सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान रहेकोले तटीय क्षेत्रहरूका कृयाकलाप सामान्य सतर्कता साथ गर्न सकिने नेपाल बाढी सूचना केन्द्रले जनाएकाे छ ।

आज नक्सामा उल्लेखित जिल्ला भई बहने केही स-साना नदीहरुमा बहाब बढी आकस्मिक वहाव (Flash Flood) समेत हुन सक्ने पूर्वानुमान रहेकोपनि उसले बताएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत