प्रतिनिधि सभा

यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक प्रतिनिधि सभाबाट पारित

काठमाडौँ । बलात्कार मुद्दामा हदम्याद बढाउने (यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक) विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ । प्रतिनिधि सभा बैठकबाट उक्त विधेयक सर्वसम्मत रुपमा पारित भएको हो ।

पारित विधेयकमा बलात्कार मुद्दाको हद म्यादमा परिवर्तन गर्दै नाबालिकको हकमा १८ वर्ष पुगेको तीन वर्षभित्र उजूरी दिन सकिने व्यवस्था गरिएको छ । यसअघि १८ वर्ष पूरा भएको एक वर्षभित्र उजूरी दिइसक्नुपर्ने व्यवस्था थियो ।

बालिगको हकमा भने घटना भएको दुई वर्षभित्र उजुरी दिनुपर्ने व्यवस्था गरिएको छ । यसअघि बालिगले एक वर्षभित्र उजूरी दिइसक्नुपर्ने हदम्याद थियो ।

यस्तै अपांगता भएका व्यक्ति तथा वृद्धवृद्धाको हकमा पनि हदम्याद बढाएर तीन वर्ष पुर्‍याइएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत