गाउँ सहर

प्रधानमन्त्री भेटेर आयोग पदाधिकारीद्वारा निर्वाचनकाे मिति प्रस्ताव

काठमाडौं । निर्वाचन आयोगका पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर निर्वाचनकाे मिति प्रस्तावगरेकाे छ । 

आयोग पदाधिकारीले प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भेट गर्दै मंसिर २ गते प्रदेश र संघको निर्वाचन गर्न मिति प्रस्ताव गरेको हो ।

छलफलमा प्रधानमन्त्री देउवाले प्रदेश र संघको निर्वाचन एकैचरणमा गर्ने बताएका छन् ।

आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले २०७९ साल मंसिर २ गते प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको बताए ।

आयोगले निर्वाचनका लागि मिति घोषणापछि १२० दिनको निर्वाचन अवधि लिने गरेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत