गाउँ सहर

जाबाे सियाे ! भनेर के गर्नु, ११ महिनामै एक करोड ३० लाखभन्दा बढीको आयात

 

काठमाडाैं । सुन्दा सामान् लाग्छ सियाे । कति नै पर्छ र ?

नेपालको स्वदेशी उत्पादन कति कमजोर छ भन्ने उदाहरण पेश गर्दा सधैं भन्ने गरिन्छ, ‘सियोसमेत विदेशबाट आयात गर्नुपर्छ ।’

हो, वर्षौंदेखिको यो भनाइ अहिले पनि उत्तिकै सत्य छ । धेरैलाई लाग्न सक्छ– सियो त नेपालमै बन्छ । तर यथार्थ अर्कै छ– नेपालमा सियो बन्दैन । नेपालले अहिलेसम्म सियो उत्पादन गर्न सकेको छैन । आयात निरुत्साहन र निर्यात प्रोत्साहनको नीति लिएको वर्तमान सरकारले पनि सियो जस्तो ‘मामुली’ चिजलाई ध्यान दिएको छैन ।

तर कपडा सिलाउने सियो अधिकांश नेपालीको घरमा हुन्छ । तर यो सियो कहाँबाट आउँछ कमैलाई मात्र थाहा हुने गरेको छ । विश्वका १२ देशबाट नेपालले सियो आयात गर्ने गर्छ । 

हो, पछिल्लो एघार महिना अर्थात चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो एघार महिनामा नेपालले विश्वका १२ देशबाट १ करोड ३० लाख ४० हजार रुपैयाँको सियो आयात गरेको छ । 

भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्मको अवधिमा नेपालमा उक्त मूल्य बराबरको १९ हजार ७८४ केजी सियो भित्रिएको छ । 

कपडा सिलाउन प्रयोग गरिने हाते सियो, कलमा प्रयोग गरिने र उनीको कपडा बुन्न प्रयोग हुने ठूलो सियो विभिन्न देशबाट आयात गरिँदै आएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत