अर्थतन्त्र

शेयरबजारमा हरियाली, काराेबार रकममा पनि बृद्धि

काठमाडौं । साताको पहिलो कारोबारको दिन आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उच्च अंकले बढेको छ । आज नेप्से ५७.६१ अंकले बढेर दुई हजार ८६ दशमलब ३८ विन्दुमा पुगेर बन्द भएको हो । त्यस्तै, आज नेप्सेमा एक दुई ४८ करोड ४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।     

आज कारोबार भएका १७६ कम्पनीको शेयरमूल्य बढेको छ भने १२ कम्पनीको शेयरमूल्य घटेको छ । यसमध्ये ९ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।

साल्ट ट्रडिङ कर्पोरेसन, हिमालयन पावर पार्टनर, अप्पर तामाकोशी हाइड्रोपावर, साञ्जेन जलविद्युत कम्पनी, नेष्डो समृद्ध लघसवित्त वित्तीय संस्था, सिवाईसी लघुवित्त वित्तीय संस्था, रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड, मध्यभोटेकोशी जलविद्युत कम्पनी र कर्णाली डेभलपमेन्ट बैंकको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।  

बैंक अफ काठमाण्डूको डिभेञ्चरका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् ।

आज कारोबारको आधारमा सबैभन्दा बढी ङादी ग्रुप पावर कम्पनीको भएको छ । यसको आज २२ करोड २८ लाख भन्दा बढीको कारोबार भएको छ ।                         

गाउँ सहर संवाददाता

तपाईँको मत