गाउँ सहर

बिरामीसँग दही चिउरा

  • १५ असार बुधबार, २०७९ | १७:५५:०० मा प्रकाशित

काठमाडाैं । ॐ चाबहिल डेन्टलले धान दिवसर अर्थात असार पन्ध्रमा बिरामीहरूसँग दही चिउरा खाएर मनाएकाे छ । 

दाँत उपचारका लागि आएका बिरामीहरूसँग अस्पतालका डाक्टर तथा कर्मचारीले चाबहिल शाखामा दही चिउरा खाएर मनाइएकाे अस्पतालका अध्यक्ष कृष्ण घिमिरेले बताए ।

चाबहिल र काेटेश्वर शाखाबाट सेवा दिइरहेकाे अस्पतालले विभिन्न जिल्लाका स्थानीय तहसम्म पुगेर स्थानीय तहका संघ संस्थाको सहकार्यमा दन्त शिविरसँगसँगै दाँत सम्बन्धी जनचेतनामूलक कार्यक्रम र सचेत गराउँदै आएको प्रबन्धक निर्देशक अनिल शर्माले बताए । 

निकट भविष्यमै कपनमा पनि शाखा सञ्चालनकाे अन्तिम तयारीमा पुगेकाे शर्माले बताए ।

तपाईँको मत