गाउँ सहर

वर्षाले नदीकाे बहाव बढ्ने भन्दै यी जिल्लाका बासिन्दा सतर्क रहन आग्रह

काठमाडाैं । निरन्तर वर्षाले नदीमा आकस्मिक बहावको उच्च सम्भावना रहेकाे भन्दै नदीतटीय क्षेत्रमा बसाेबास गर्ने विभिन्न जिल्लाका सर्वसाधारणलाई सतर्क रहन आग्रह गरिएकाे छ । 

बाढी पूर्वानुमान महाशाखाले निरन्तरको ठूलो वर्षाका कारण हुनसक्ने सम्भावित जोखिम कम गर्नका लागि विशेष सतर्कता अपनाउन आग्रह गरेको हाे ।

पछिल्लो ३ घण्टामा कास्की, स्याङजा, पाल्पा, कपिलबस्तु, रूपन्देही, अर्घाखाँची, नवलपरासी, प्युठान, दाङ, बाँके, कैलाली कञ्चनपुर, रुकुम, जाजरकोट, सुर्खेत, बारा, रौतहट, महोत्तरी, सर्लाही, काठमाडौं र आसपास धेरै स्थानमा ठूलो वर्षा भएको महाशाखा तथ्यांक छ ।

थप वर्षा हुने भएकाले ती जिल्लामा  बहने साना नदीमा आकस्मिक बहावको उच्च सम्भावना रहेको छ । तटीय क्षेत्रामा अर्को ६ घण्टा उच्च सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत