गाउँ सहर

असार १५ भन्दै दही चिउरा खाने तर यी सामान्य कुरा पनि थाहा नहुने !

काठमाडाैं  । आज असार १५ । धान दिवस । असार १५ भन्दै धेरैले विहानै दही चिउरा खाइसक्नुभयाे । कृषिप्रधान देश भएर पनि हामीहरू धेरैलाई सामान्य कृषि औजार र खेतमा धान रोप्न चाहिने सामाग्री र त्यसका बारेमा अनभिज्ञ नै छौं । त्यसैले कम्तिमा हामीलाई यति कुरा भने थाहा हुनुपर्दछ । 

जमीन जोत्ने प्रयोग गरिने कृषि औजार हो । यसको सहायताले बीउ छर्नु भन्दा पहिले जमीनको आवश्यक तयारी गरिन्छ । कृषिमा प्रयुक्त औजारहरूमा हलो सबै भन्दा प्राचीन हो, हलो कुनै न कुनै रूपमा इतिहासमा प्रचलित पाइएको छ । हलोले जमिनको माथिल्लो सतहलाई पल्टाइन्छ । जसले नयाँ पोषक तत्व माथी आउने गर्छ तथा खर-पतिङ्गर एवं बालीका डाँठ आदि जमीनमा दबिन्छन् । यी दबिएका खर पतिङ्गरहरू कुहिएर मलको रुपमा परिवर्तन हुन्छन् । जमिन जोत्नाले जमीनमा हवाको प्रवेश पनि हुन्छ जसले गर्दा जमीनमा आद्रता (चिसोपना) बनाइ राख्ने शक्ति बढ्छ । हलो गोरु जोत्दा गोरुले तान्ने काठ या फलामबाट बनाइएको औजार हो जसको टुप्पामा सियो अथवा फाली रहेको हुन्छ । हलो ठाउँ अनुसार फरक फरक प्रकारको हुन्छ ।

हलाे जाेत्ने व्यक्तिलाई हली भनिन्छ । नेपालमा विशेष गरी गाेरु अथवा राँगाले हलाे तानेकाे पाइन्छ । धान राेप्ने खेतमा पहिलाे पटक जाेत्नुलाई बाँझाे मार्नु, दाेस्राे पटक जाेत्नुलाई राँटा मार्नु, तेस्राे पटक जाेत्नुलाई हिल्याउनु र चाैथाे पटक जाेत्नुलाई दाँदे लाउनु भनिन्छ । हलोले जोत्दै गएको ठाउँलाई सियो वा डोरो भनिन्छ ।

यी हुन् राेपाइँमा प्रयाेग हुने सामाग्री 

गाेरू वा राँगाे, हलो, जुवा, दाँदे, जुवा अडकाउने जोतारो, अनौ, हलुँड, फाली, गाेरूलाई लगाइने मुखाैराे (महला) जुवामा हुने सोइला, ठेडी, हरिस, लगना, पाटी, काेदालाे, काेलादी आदी ।

त्यसैगरि खेत जाेत्ने हली, धानकाे लागी पानी र बीउ, बीउ ओखल्ने ब्याडे, धान राेप्ने राेपाहार, खेतकाे छिउकुना मिलाउने बाउसे, हिलाे सम्याउने फ्याउरे आदी । 

गाउँ सहर डेस्क

तपाईँको मत