दिगोविकास

शेयर बजारकाे ओरालो यात्रा राेकिएन

काठमाडौं । साेमबार घटेकाे शेयरबजार मंगलबार पनि यथावत नै रह्याे । 

आइतबार ९४.९२ अंकले बढेको सेयर बजारमा दुई दिन यता लगातार गिरावट आएको छ ।

मंगलबार नेप्से परिसूचक ११.८२ अंक घटेर १९२१.३१ विन्दुमा झरेको छ । 

यस दिन २३० स्टकको २३ हजार १३३ पटकको कारोबारमा १ अर्ब ५ करोड ८२ लाख ६३ हजार रुपैयाँ बराबरको ३० लाख ३७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

मंगलबार सीवाईसी नेपाल लघुवित्त, उन्नत सहकार्य लघुवित्त, एग्रिकल्चर डेभलप्मेन्ट बैंक लिमिटेड, सनराइज फर्स्ट म्युचअल फन्डका लगानीकर्ताले धेरै कमाए ।

मंगलबार बैंकिङ र जीवन बीमा समूह मात्रै हरियो रहे भने अन्य सबै समूह राताम्ये भए ।

लक्ष्मी इक्विटी फण्डको इकाईमूल्य सर्वाधिक ५.७३ प्रतिशत घटेको छ । 

कारोबार रकमका आधारमा यस दिन एशियन लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो इन्स्योरेन्सको यस दिन ७ करोड ३१ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत