वातावरण

अब कुहिने र नकुहिने फोहोर छुट्याएर नराखे जरिवानसहित कारबाही

काठमाडौं ।  काठमाडौं महानगरपालिकाले साउन १ गतेदेखि जैविक (कुहिने) र अजैविक (नकुहिने) फोहोर छुट्याएर नराखे कारबाही गर्ने भएको छ। बिहीबार एक सूचना जारी गर्दै महानगरले कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने बताएको हो। 

कुहिने र नकुहिने फोहोर एकै ठाउँमा राखेमा प्रत्येक पटक पाँच सयका दरले जरिवाना हुने महानगरको चेतावनी छ।

कुहिने र नकुहिने फोहोर छुट्याउने जिम्मेवारी उत्पादनकर्ताकै भएकोले कुहिने र नकुहिने फोहोरका लागि बेग्लाबेग्लै दिन फोहोर संकलन गर्न गाडी पठाइने महानगरको सूचनामा उल्लेख छ। कुहिने र नकुहिने फोहोर नछुट्याए त्यहाँबाट फोहोर नउठाउने पनि महानगरले बताएको छ।

काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा २२ (१), (२) र फोहोरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ६ (१), (२) को व्यवस्था अनुसार साउन १ गतेदेखि स्रोतमा कुहिने र नकुहिने फोहोर छुट्याउन महानगरवासीलाई आग्रह गरिएको सूचनामा उल्लेख छ। 

गाउँ सहर संवाददाता

तपाईँको मत