विद्युत

पाेखरा महानगरमा एडिबी सहकार्यमा विद्युतकाे काम अगाडि बढ्ने

पाेखरा । सहरी विद्युत वितरण प्रणाली सुदृणिकरण र सहरी सौन्दर्यकरण कार्यक्रमका लागि लेखनाथ सबस्टेसनबाट पोखरासम्म बिजुलीको लाइन अन्डरग्राउन्ड गर्न एडिबीसंग नेपाल विद्युत प्राधिकरणले सम्झौता गरेर अब केही दिनमा काम नै सुरु हुने भएकाे छ ।

पोखराको जिरो किलोमिटर देखि फेदीसम्म सडकलाईट जडानका लागि नयाँढंगले अगाडि बढ्ने र मुख्य बजार क्षेत्रमा विद्युत भूमिगत गर्ने विषयमा पोखरा महानगरका प्रमुख धनराज आचार्य र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच महत्वपूर्ण छलफल भएसँगै साे कर्य सुरू हुने भएकाे हाे ।

पोखराको सहरी विद्युतिकरण अन्तर्गत सडक बत्ती जडानका लागि पोखरा महानगर र नेपाल विद्युत प्राधिकरणका बीचमा यस अगाडि नै सम्झौता भएर पोखरा महानगरले आफ्नो तर्फबाट ५ करोड रुपैयाँ भुक्तानी दिइसकेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत