गाउँ सहर

दैलेखमा बुधबार राति बस दुर्घटना हुँदा कम्तीमा ४ जनाको मृत्यु

दैलेख । दैलेखमा बुधबार राति बस दुर्घटना हुँदा कम्तीमा ४ जनाको मृत्यु भएको छ ।

कालीकोट जितेगडाबाट सुर्खेत आउँदै गरेको म १ ख ६६० नम्बरको बस दैलेखको आठबीस नगरपालिका २ सिस्नेमा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको निर्वतमान मेयर खड्गराज उपाध्यायले जानकारी दिए ।

बस दुर्घटनाको खबर पाएपछि प्रहरी टोली घटनास्थलमा जाँदै गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी भुबनेश्वर प्रसाद साहले बताए । मृतकको सनाखत हुन सकेको छैन ।

बस दुर्घटनाको कारण खुलिसकेको छैन । बस बुधबार राति ८ बजेतिर सडकबाट करिब ५० मिटर तल खसेको छ । थप विवरण आउन बाँकी छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत