गाउँ सहर

मतगणना भइरहेकाे स्थानमा कसकाे अग्रता कति ? सबै हेर्नुहाेस्

काठमाडाैँ । देशभर अहिले स्थानीय निर्वाचनका मतपरिणामहरू आइरहेका छन् । नेपाली कांग्रेस पहिलो, एमाले दोस्रो, माओवादी केन्द्र तेस्रो, अन्य चौथो, जसपा पाँचौँ र एस छैटौँ देखिएका छन् । मतगणना भइरहेका अधिकांशत स्थानमा नेपाली कांग्रेसले नै लिड गरिरहेको छ ।

नेपाली कांग्रेसले ३५ स्थानको प्रमुखमा अग्रता कायम गरिरहेको छ भने अध्यक्षमा ११ स्थानमा लिड गरिरहेको छ । यसरी नै एमालेले क्रमशः २५ र ४२, माकेले १० र १०, अन्यले ११ र ३, जसपाले १७ र १३, एसले ५ र ३ र लोसपाले ५ र ४ स्थानमा अग्रता लिएको छ ।

यो समाचार तयार पार्दासम्म नेपाली कांग्रेसले २७२, एमालेले १७१, माकेले १११, अन्य २३, जसपा १८, एस १४ र लोसपाले ७ स्थानमा प्रमुखरअध्यक्ष पदमा जीत हासिल गरेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत