गाउँ सहर

काठमाडौँमा ५२९ मत गणना हुँदा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले सबैभन्दा धेरै १७८ मत

काठमाडाैँ । काठमाडौँ महानगरमा ५२९ मत गणना हुँदा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले सबैभन्दा धेरै १७८ मत ल्याएर अग्रता कायमै राखेका छन् ।

सत्ता गठबन्धनको तर्फबाट उठेकी उम्मेदवार सिर्जना सिंहले १२० र नेकपा एमालेको तर्फबाट उठेका केशव स्थापितले ११० मत ल्याएको काठमाडौँ महानगरपालिका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका मदनदास श्रेष्ठले २३ मत पाएका छन् ।

काठमाडौँ महानगरको मतगणना राष्ट्रिय सभा गृहमा भइरहेको छ । अहिले वडा नम्बर १ र ३२ को मतगणना भइरहेको कार्यालयले जनाएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत