निर्विराेधबाहेक ३४ हजार ८ सय २१ जनप्रतिनिधिकाे भविश्य - व्यालेटमा
- गाउँ सहर संवाददाता
- ३० बैशाख शुक्रबार, २०७९ | १७:२५:०० मा प्रकाशित
काठमाडाैँ । स्थानीय तह निर्वाचनको मतदानाको लागि निर्धारित समय सकिएको छ । निर्वाचन आयोगले शुक्रबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान गर्ने समय तोकेको थियो । तर, ५ बजेभित्र लाइनमा बसेकाले भने मतदान गर्न पाउने आयोगले जनाएको छ ।
देशभरका सबै ७५३ पालिकामा शुक्रबार स्थानीय तहको निर्वाचन भएको हो । निर्वाचनमा हालसम्म करिब ५६ प्रतिशत मतदान भएको आयोगले जनाएको छ । यद्यपि अन्तिम विवरण आउन बाँकी छ । देशका केही स्थानमा झपड र विवाद भएपछि मतदान प्रक्रिया रोकिएको छ ।
राजनीतिक दलका कार्यकर्ताहरूबीच झडप भएपछि ती मतदान प्रक्रिया अवरुद्ध भएका हुन् । केही स्थानमा पुनः सुचारु भइसकेको छ भने केही स्थानमा अर्को दिन मतदान गर्ने गरी स्थगित भएको छ ।
निर्वाचन आयोगका अनुसार अहिलेसम्म ताप्लेजुङ, खोटाङ, सिन्धुली, धनुषा, महोत्तरी, सर्लाही, सप्तरी, नुवाकोट, काठमाडौं, काभ्रे, मकवानपुर, रौतहट, बारा, दाङ, कालिकोट, हुम्लालगायतका जिल्लाका विभिन्न मतदान केन्द्रमा मतदान अवरुद्ध भएको छ ।
३५ हजार २ सय २१ जनप्रतिनिधिकाे भविश्य व्यालेटमा पुगेकाे छ । जसमध्ये ३ सय ९० जना निर्विरोध निर्वाचित भैसकेका छन् । यसबाट ३४ हजार ८३१ काे भविश्य चुनिन्छ ।
७७ जिल्लाका ७ सय ५३ स्थानीय तहमा १ लाख ४५ हजार ११ जना उम्मेदवार चुनावी मैदानमा छन् । जसमध्ये पुरुष उम्मेदवार ८९ हजार ३ सय १३ जना र महिला उम्मेदवार ५५ हजार ६ सय ९८ जना रहेका छन् । यो सङ्ख्याबाट जम्मा ३५ हजार २ सय २१ जनप्रतिनिधि निर्वाचित हुनेछन् । साथै हालसम्म ३ सय ९० जना निर्विरोध निर्वाचित भएको आयोगले जनाएको छ ।
यो निर्वाचनका लागि योग्य मतदाता सङ्ख्या १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जना रहेका छन् । जसमध्ये पुरुष मतदाता ८९ लाख ९२ हजार १० जना रहेका छन्, महिला मतदाता सङ्ख्या ८७ लाख ४१ हजार ५ सय ३० तथा अन्य मतदाता १ सय ८३ जना रहेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
- इलाम-१ मा उपनिर्वाचनका लागि यी २० दल भए दर्ता
- धरौटीमा छुटे सुन तस्करी प्रकरणमा पक्राउ परेका गुरुङ
- दुर्गा प्रसाईँका सुरक्षा गार्ड पक्राउ, साथबाट हतियार र सय राउण्ड गोली बरामद
- दीपक मनाङे बने भौतिक पूर्वाधार मन्त्री
- केही दिनदेखि शेयरबजारमा देखिएन उत्साह
- ‘नेता कुटपिटमा हाम्राे कुनै संलग्नता छैन, झुठो आरोप लगाइयो’
- प्रतिनिधिसभा बैठक प्रत्यक्ष प्रसारण
प्रतिकृया दिनुहोस