प्रेरणा

परिवारको एक सदस्य पनि स्वार्थी बन्यो भने परिवार टुट्ने सम्भावना बढ्छ

काठमाडाैँ । जीवनमा जहिले पनि कठिनाइहरू आउँछन्, परिवारको साथले व्यक्तिलाई साहस दिन्छ । परिवार सँगै भएमा ठूला बाधाहरू पनि पार गर्न सकिन्छ । परिवार टुट्न नपरोस् भनेर सबै सदस्यको भनाइ राम्ररी सुन्नुपर्छ र धैर्यताका साथ समस्याको सामना गर्नुपर्छ । सबै सदस्यसँग माया र सम्मानका साथ बस्ने हो भने परिवारमा एकता कायम रहन्छ ।

यहाँ केहि यस्तै उद्धरणहरू मनन् गर्न सकिन्छः

  • परिवारको एक सदस्य पनि स्वार्थी बन्यो भने परिवार टुट्ने सम्भावना बढ्छ ।
  • बस्नको लागि घर अनिवार्य छ, तर घर परिवारबाटै बन्छ जुन विर्सनुहुँदैन ।
  • जो व्यक्तिले परिवार, काम र मित्रलाई सन्तुलन बनाउन सक्छ, उसले मात्र जीवनमा आनन्द लिन सक्दछ ।
  • परिवार नै यस्तो स्थान हो जसले कमीलाई पूरा गर्दछ । यसकारण परिवारको सम्मान अपरिहार्य छ ।
  • परिवारलाई मजबुद राख्नको लागि एक अर्काको कुरालाई राम्ररी सुन्नु आवश्यक छ । सबैलाई सम्मान गर्नु जरूरी छ ।

गाउँ सहर डेस्क

तपाईँको मत