यी हुन् सिर्जनाको सात ‘स’ को सङ्कल्प
- गाउँ सहर संवाददाता
- १५ बैशाख बिहीबार, २०७९ | १५:२६:०० मा प्रकाशित
काठमाडाैं । काठमाडौं महानगरपालिकामा गठबन्धनका तर्फबाट मेयर पदकी उमेदवार सिर्जना सिंहले काठमाडौंमा काम गर्नका लागि आफू आएको बताएकी छन् । काठमाडौंमा आफ्नो संकल्प प्रस्ताव सार्वजनिक गर्दै उनले यस्तो बताएकी हुन् ।
‘सिर्जना सिंहका सात ‘स’ को सङ्कल्प’ नाम दिइएको पत्रमा उनले सेवा सुशासन, स्वास्थ्य शिक्षा तथा सामाजिक सुरक्षा, स्वच्छ र सफा सहर दिगो पर्यावरण, सहरी सुरक्षा, संस्कृति, सम्पदा र सभ्यता, सबल र समावेशी पूर्वाधार तथा स्वावलम्बी महिला, सबल युवा, सिर्जनाशील महानगरवासी जस्ता सातवटा प्रतिबद्धता व्यक्त गरेकी हुन् ।
उनले आफ्नो सङ्कल्पमा महानगरलाई विधिको शासन, नियम, कानुनभित्र रही चलाउने सङ्कल्प गरेकी छन् । त्यस्तै, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अति विपन्न लगायत विशेष समूहलाई सम्बोधन गर्न सामाजिक सुरक्षाका विशेष कार्यक्रम ल्याउने उनले बताएकी छन् ।
उनले आफूले महिला, बालबालिका, वृद्धवृद्धाको आवाज सुन्न सक्ने बताइन् ।
सङ्कल्प पत्रमा उनले काठमाडौँ महानगरलाई जिरो वेस्ट नगरपालिका बनाउने बताउनुका साथै महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति लगायत सम्पूर्ण सुरक्षित अनुभव गर्न सक्ने र हिँडडुल गर्न सक्ने सहरको निर्माण गर्ने बताएकी छन् ।
कार्यक्रममा आफ्ना सात ‘स’को संकल्प प्रस्तुत गरेकी थिइन् ।
१. सेवा र सुशासन :
- महानगरलाई विधिको शासन, नियम, कानुनभित्र रही चलाउने संकल्प गर्दछु ।
- भ्रष्टाचारमुक्त, चुस्त सेवा प्रवाह गर्ने उत्कृष्ट पालिकाको रुपमा काठमाडौं महानगरपालिकालाई स्थापित गर्नेछु ।
- संघीय सरकार, प्रदेश सरकार, अन्य पालिका, निजी क्षेत्र, गैरसरकारी संघसंस्था र समुदायसँग साझेदारी गर्दै महानगरको लक्ष्य प्राप्तिका लागि काम गर्नेछु
२. स्वास्थ्य, शिक्षा तथा सामाजिक सुरक्षा
- शिक्षा र सिकाइको गुणस्तरमा वृद्धि गर्दै सुलभ र सबैको पहुँचयुक्त बनाउनेछु ।
- महानगरीय स्वास्थ्य प्रणालीको विकास गरी सबै वडाहरुमा रोकथाम, परीक्षण, उपचार र पुनस्र्थापनासहितको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको स्थापना र विशेषज्ञ सेवासहितको महानगरीय अस्पतालको संचालन गर्नेछु ।
- ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, अति विपन्नलगायत विशेष समूहलाई सम्बोधन गर्न सामाजिक सुरक्षाका विशेष कार्यक्रम ल्याउनेछु ।
३. स्वच्छ, सफा, दिगो पर्यावरण
- काठमाडौं महानगरपालिकालाई जिरो वेष्ट नगरपालिका बनाउनेछु ।
- पिउन योग्य पानी, स्वास फेर्ने योग्य हावाका लागि आवश्यक कानुनी संस्थागत र संरचनागत व्यवस्था गर्नेछु ।
- सार्वजनिक, खुला स्थान, पार्क, वन, सिटी, इनार, पोखरी, वडा, फाल्चा आदिको संरक्षण पुनःस्थापना तथा विस्तार गर्नेछु ।
४. सुरक्षित सहर
- महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्तिलगायत सम्पूर्णले सुरक्षित अनुभव गर्न सक्ने र हिँडडुल गर्न सक्ने सहरको निर्माण गर्नेछु ।
- विपत थेग्न सक्ने क्षमतायुक्त सहरको निर्माणको लागि काम गर्नेछु ।
५. संस्कृति, सम्पदा र सभ्यता
- मौलिक ज्ञान, भाषा, जात्रा, बाजागाजा, चाडपर्व, मेला, ग्रन्थ, पेशालाई समुदायको अपनत्व र संलग्नतामा संवद्र्धन तथा संरक्षण गर्दै महानगरको संस्कृतिलाई पर्यटनसँग जोड्नेछु ।
- गुठी प्रणालीको प्रवद्र्धन, संरक्षण गर्दै दिगो विकासका लागि प्रतिवद्ध रही कार्य गर्नेछु ।
६. सवल र समुन्नत पूर्वाधार
- सहजरुपमा हिँडडुल गर्ने पूर्वाधारको निर्माण गरी पैदलयात्री केन्द्रित सहरकारुपमा महानगरलाई विकास गर्नेछु ।
- महानगर क्षेत्रभित्र सबै खालका पूर्वाधारको निर्माणमा मौलिक ज्ञान, प्रविधि र सामग्रीको प्रयोगका लागि प्रेरित गर्नेछु ।
- महानगरको कार्यक्षेत्रभित्र पर्ने सम्पूर्ण पूर्वाधार निर्माण र विस्तारको कार्य गुणस्तरीयरुपमा समयमै सम्पन्न गर्ने तथा मर्मत सम्भारका लागि अविलम्ब कार्य गर्न सक्नेगरि संस्थागत क्षमताको विकास गर्नेछु ।
७. सवल युवा, स्वावलम्बी महिला, सृजनशील महानगरवासी
- युवाका लागि अवसर, महिलाको सशक्तिकरण र सम्पूर्ण महानगरवासीको सृजनशीलता अभिवृद्धि गर्नका लागि आवश्यक पहलकदमी लिनेछु ।
- उद्यमशीलताको विकासका लागि आवश्यक व्यवस्थापन तथा सहजीकरण गर्नेछु ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
- इलाम-१ मा उपनिर्वाचनका लागि यी २० दल भए दर्ता
- धरौटीमा छुटे सुन तस्करी प्रकरणमा पक्राउ परेका गुरुङ
- दुर्गा प्रसाईँका सुरक्षा गार्ड पक्राउ, साथबाट हतियार र सय राउण्ड गोली बरामद
- दीपक मनाङे बने भौतिक पूर्वाधार मन्त्री
- केही दिनदेखि शेयरबजारमा देखिएन उत्साह
- ‘नेता कुटपिटमा हाम्राे कुनै संलग्नता छैन, झुठो आरोप लगाइयो’
- प्रतिनिधिसभा बैठक प्रत्यक्ष प्रसारण
प्रतिकृया दिनुहोस