गाउँ सहर

पर्खालबाट आमाछोरा सँगै हामफाल्दा आमाको निधन, छाेरा घाइते

काठमाडाैं । भक्तपुरको मध्यपुर थिमी नगरपालिका–५ स्थित कमेरेटारमा करिब ५० मिटर अग्लो पर्खालबाट आमाछोरा हाम्फालेका छन् । गएराति पर्खालबाट हाम्फाल्दा मोरङको सुन्दरहरैचा नगरपालिका–९ घर भएर भक्तपुर बस्दै आएकी  ७४ वर्षकी मनमाया तिमल्सिनाको मृत्यु भएको छ ।

पर्खालबाट हाम्फाल्दा मनमायाका छोरा ४९ वर्षीय मातुराम तिमिल्सिना घाइते भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले रातोपाटीलाई बताए । मातुरामको वीर अस्पतालमा उपचार भइरहेको छ । आमाछोरा डिप्रेशनका बिरामी थिए ।

उनीहरुले लेखेर छाडेको सुसाइड नोट घटनास्थलमा भेटिएको छ । नोटमा मानसिक र शारीरिक रुपले अशक्त भएको हुँदा सो निर्णयमा पुगेको उनीहरुले उल्लेख गरेका छन् । मातुरामले एक वर्षअघि पत्नीसँग डिभोर्स गरेका थिए ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएकाे छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत