गाउँ सहर

प्रतिबन्धित लागुऔषध र स्कुटर सहित २ जना मानिस पक्राउ

झापा । झापा मेचीनगर नपा वडा नं १० निन्दा खोला पुल स्थित  पुर्व पश्चिम राजमार्गमा ईप्रका धुलावारी र लागुऔषध नियन्त्रण व्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले प्रतिबन्धित लागु औषधसहित स्कुटर पक्राउ गरेकाे छ ।

प्रहरीका अनुसार पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको भारतिय नं WB 74 Y 7782 भएको स्कुटरलाई चेक जाँच गर्ने क्रममा स्कुटर चालक जिल्ला झापा मेचीनगर नपावडा नं ६ बस्ने वर्ष ३२ को निशान अधिकारी र सोही स्कुटीको पछाडी सवार भारत दार्जिलिङ थाना सिलगुढी बस्ने बर्ष २७ की हेनअरा खातुनको साथबाट प्रतिबन्धित लागु औषध NITROSUN-10 चक्की, Pyeevon Spas plus २०८ क्याप्सुल र मोवाईल २ थान फेला परेकोले पक्राउ गरी ईप्रका धुलाबारीमा राखी थप अनुसन्धान भइरहेको  छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत