विश्व

मस्जिदमा बम विस्फोट हुँदा कम्तीमा ३३ जनाको मृत्यु

  • एजेन्सी
  • १० बैशाख शनिबार, २०७९ | ०९:२५:०० मा प्रकाशित

उत्तरी अफगानिस्तानको कुन्दुज सहरमा रहेको सुफी मस्जिदमा बम विस्फोट हुँदा कम्तीमा ३३ जनाको मृत्यु भएकाे छ । मृत्यु हुनेमा बालबालिका समेत रहेका छन् ।

यसैगरी ४३ जना घाइते भएका छन्। घाइतेहरूकाे अस्पतालमा उपचार भइरहेकाे छ ।

नमाज पढ्ने बेलामा विस्फाेट भएकाे अधिकारीहरूले जनाएका छन् ।

विष्फोटको पछाडि कसको हात रहेको भन्ने अझै खुल्न सकेको छैन । तर, यसको पछाडि आफूलाई इस्लामिक स्टेट भनिने चरमपन्थी संगठनको हात हुनसक्ने अनुमान गरिएको छ ।

एक दिनअगाडि मात्र कुन्दुज र मजार-ए-शरीफ सहरमा पनि विस्फोट भएको थियाे ।

मजार–ए–शरीफ सहरमा रहेको शिया मस्जिदमा विस्फोट भएको हाे । बिहीबार भएका यी दुवै विस्फोटमा एक दर्जनभन्दा बढीको मृत्यु भएको थियो ।

इस्लामिक स्टेटले यी विस्फोटको जिम्मेवारी लिएको थियाे ।

एजेन्सी

तपाईँको मत