मुक्तिनाथ विकास बैंकको नाफा १.४९ प्रतिशतले बढ्याे
- गाउँ सहर संवाददाता
- ७ बैशाख बुधबार, २०७९ | २०:३८:०० मा प्रकाशित
काठमाडौँ । मुक्तिनाथ विकास बैंकको नाफा १.४९ प्रतिशतले बढेको छ । वित्तीय विवरणअनुसार चैत मसान्तसम्ममा १ अर्ब २ करोड ६ लाख रुपैयाँ नाफा गरेको हो । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब ५६ लाख रुपैयाँ नाफा कमाएको थियो ।
त्यस्तै, बैंकले चैत मसान्तसम्ममा ८७ अर्ब ८५ करोड ९६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ७२ अर्ब ९१ करोड ९२लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।
बैंकले ९९ अर्ब १ करोड ४३ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ८६ अर्ब ९० करोड २९ लाख रुपैयाँ निक्षेप संकलन गरेको थियो ।
बैंकको चैत मसान्तसम्ममा पुँजी अनुपात कोष बढेको छ । बैंकको खराब कर्जापनि घटेको छ । गत वर्ष ०.२१ प्रतिशत खराब कर्जा रहेकोमा यो वर्ष ०.१७ प्रतिशतमा झरेको छ ।
बैंकको लागत भने बढेको छ । गत वर्ष ६.०९ प्रतिशत लागत रहेकोमा यो वर्षको सोही अवधिमा ८.५४ प्रतिशत पुगेको जनाएको छ । चैत मसान्तसम्ममा सीडी रेसियो ८५.१३ प्रतिशत, बेसरेट १०.४४ प्रतिशत र ब्याजदर ४.२५ प्रतिशत कायम भएको छ ।
गत वर्ष सोही अवधिमा क्रमशः सिडी रेसियो ८५.१३ प्रतिशत, बेसरेट ८.०१ प्रतिशत र ब्याजदर ४.९२ प्रतिशत कायम भएको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
- इलाम-१ मा उपनिर्वाचनका लागि यी २० दल भए दर्ता
प्रतिकृया दिनुहोस