राजनीति

स्थानीय निर्वाचन र गठबन्धनबीच तालमेलबारे पत्रकार सम्मेलन गर्दै प्रचण्ड

 

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय निर्वाचन र गठबन्धनबीच तालमेलका लागि भइरहेको छलफलबारे पत्रकार सम्मेलन गर्दैछन् । 

सोमबार आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अध्यक्ष प्रचण्डको उपस्थितिमा पत्रकार सम्मेलन आयोजना गरिएको माओवादी केन्द्रीय प्रचार तथा प्रकाशन विभागले जनाएको छ । 

पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले स्थानीय निर्वाचनको तयारी, गठबन्धन दलमा तालमेल र उम्मेदवारी चयनबारे भइरहेको छलफललगायतका अन्य विषयमा जानकारी गराउने बुझिएको छ । पत्रकार सम्मेलनअघि पाँच दलीय गठबन्धनको बैठक बालुवाटारमा बस्दैछ ।

गाउँ सहर संवाददाता

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत