राजनीति

स्याङ्जामा जीप दुर्घटना परि ५ जनाको मृत्यु

काठमाडौं । स्याङजाको वालिङमा भएको जीप दुर्घटनामा परि पाँच जनाकाे मृत्यु भएको छ । वालिङ नगरपालिका १२ डाँडाखर्कस्थित आइतबार बिहान साढे १० बजे जीप दुर्घटना हुँदा एक बालकसहित ५ जनाकाे मृत्यु भएको हाे । 

डाँडाखर्कबाट वालिङ बजारतर्फ आउँदै गरेको ग १ ज ७३९९ नम्बरको जीप दुर्घटना भएकाे थियाे । 

दुर्घटनामा घाइते भएका चालकसहित ६ जनालाई उपचारका लागि पोखराको गण्डकी मेडिकल कलेजमा पठाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

मृतक पाँच जनाको शव वालिङ प्राथमिकक स्वास्थ्य केन्द्रमा राखिएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत