नेकपा एमाले र गोविन्दराज जोशी समूहबीच गठबन्धन
- गाउँ सहर संवाददाता
- ४ बैशाख आइतबार, २०७९ | ११:३७:०० मा प्रकाशित
काठमाडाैं । तनहुँमा नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीको समूह र नेकपा एमालेबीच चुनावी तालमेल हुने भएको छ । गएराति जोशी र एमालेका जिल्लास्तरका नेताहरुबीच यस्तो सहमति भएको जनाइएकाे छ । जोशी निकट एक नेताका अनुसार तनहुँका १० वटै स्थानीय तहमा जोशी र एमालेका उमेदवारबीच तालमेल हुने भएको छ । ति नेताले भने ‘हामीले सूर्य चिह्न लिदैनौँ । स्वतन्त्र चिह्नमा लड्ने हामीलाई एमालेले सहयोग गर्नेछ भने हामीले एमालेलाई सहयोग गर्नेछौं । ’
जोशी र एमालेका जिल्लास्तरका नेताहरुबीच यस्तो सहमति भएको बताइएको छ ।
तर दमौलीमा भने जोशीले आफ्ना छोरा दीपक जोशीलाई उमेदवार बनाएका छन् ।
तनहुँमा कांग्रेस नेता रामचन्द्र पौडेल र गोविन्दराज जोशीको द्वन्द्व छ । अघिल्लो निवार्चनमा जोशीले रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी दिएपछि कांग्रेसले जोशीलाई पाँच वर्षका लागि पार्टीबाट निस्कासन गर्ने निर्णय गरेको थियो । जोशीमाथि एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएपछि बनेको नेकपाका उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान) लाई जिताउन भूमिका खेलेको आरोप थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
- इलाम-१ मा उपनिर्वाचनका लागि यी २० दल भए दर्ता
- धरौटीमा छुटे सुन तस्करी प्रकरणमा पक्राउ परेका गुरुङ
- दुर्गा प्रसाईँका सुरक्षा गार्ड पक्राउ, साथबाट हतियार र सय राउण्ड गोली बरामद
- दीपक मनाङे बने भौतिक पूर्वाधार मन्त्री
- केही दिनदेखि शेयरबजारमा देखिएन उत्साह
- ‘नेता कुटपिटमा हाम्राे कुनै संलग्नता छैन, झुठो आरोप लगाइयो’
- प्रतिनिधिसभा बैठक प्रत्यक्ष प्रसारण
- माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ
प्रतिकृया दिनुहोस