मन्त्रिपरिषद बैठककाे निर्णय : टी–२० विजेता खेलाडीलाई जनही २ लाख पुरस्कार दिने
- गाउँ सहर संवाददाता
- ३० चैत बुधबार, २०७८ | १६:४६:०० मा प्रकाशित
काठमाडाैं । त्रिकोणात्मक टी–२० श्रृंखला विजेता नेपाली टिमका खेलाडीहरु पुरस्कृत हुने भएका छन । चैत १४ देखि २१ गतेसम्म काठमाडौंमा भएको नेपाल, पपुवा न्युगिनी र मलेसियाबिचको श्रृखंलाको उपाधि बिजेता नेपाली खेलाडीहरु नगद राशीले पुरस्कृत हुने भएका हुन ।
बुधबार बसेको मन्त्रिपरिषदको बैठकले नेपाली राष्ट्रिय टिमका खेलाडीह्रुलाई जनही २ लाख रुपौयाँले पुरस्कृत गर्ने निर्णय गरेको हो । युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदको बैठकले श्रृंखला बिजेता खेलाडी तथा प्रशिक्षकहरुलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।
निर्णय अनुसार श्रृंखला खेलेका १६ खेलाडीले २–२ लाख नगद पुरस्कार पाउनेछन् भने मुख्य प्रशिक्षक पुबुदु दासानायकेले नगद १ लाख ५० हजार तथा अन्य अफिसियलले जनही १ लाख रुपैयाँ प्राप्त गर्ने छन ।
युवा तथा खेलकुद मन्त्रालयले यसअघि समेत विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका प्रतियोगितामा उपाधि हासिल गरेका तथा उप बिजेता हुन सफल भएका खेलाडीहरुलाई नगद राशीले पुरस्कृत गरीसकेको छ ।
नेपालले श्रृंखलामा अपराजित रहँदै उपाधि जित्ने क्रममा ५ वटै खेल जितेको थियो । यस्तै मुख्य प्रशिक्षक पुबुदु दासानायकेलाई नगद १ लाख ५० हजार र अन्य अफिसियललाई जनही १ लाख रुपैयाँ प्रदान गरिने भएको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस