अर्थतन्त्र

बलेफी हाइड्रोपावरको आईपीओ बाँडफाँड, यसरी हेर्नुहाेस् नतिजा

काठमाडाैं । बलेफी हाइड्रोपावर लिमिटेडको आईपीओ मंगलबार बाँडफाँड भएको छ । आज मंगलबार विहान कम्पनीको शेयर निकाशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटलको कार्यालयमा शेयर बाँडफाँट भएको हो ।

आईपीओमा २१ लाख ७१ हजार ७ सय ४० जनाले २ करोड ४४ लाख ७४० कित्ताको लागि आवेदन दिएका थिए । त्यसमध्ये ३ हजार ६४० जनाको आवेदन रद्द भएका छन् ।

त्यस अनुसार २१ लाख ६८ हजार १०० जनाको मात्रै योग्य आवेदन परेको छ ।

कम्पनीले निष्काशन गरेको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार बाँडफाँट भएको छ । त्यस अनुसार योग्य आवेदकहरु मध्ये गोलाप्रथाबाट न्युनतम १० कित्ताको दरले शेयर वितरण गर्दा १ लाख ६६ हजार ३४५ जनाले शेयर पाएका छन् ।

त्यस मध्येपनि भाग्यमानी तीन जनालाई बाँकि रहेको ३ कित्ता शेयर एक/एक कित्ताको दरले वितरण गरिएको छ । त्यस अनुसार अधिकतम पाउनेले ११ कित्तासम्म शेयर पाएका छन् ।

कम्पनीले चैत १६ देखि १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको १८ लाख २७ हजार ९७० कित्ता शेयर निष्काशनमा ल्याएको थियो ।

त्यसमध्ये ४ प्रतिशत अर्थात ७३ हजार ११९ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात एक लाख ९१ हजार ३९८ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने १६ लाख ६३ हजार ४५३ कित्ता शेयर मात्रै सर्वसाधारणलाई वितरण गरेको हो ।

यसरी हेर्न मिल्छ नतिजा

१. सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड (सिडीएससी) ले आईपीओको नतिजा हेर्नकै लागि सञ्चालन गरेको वेबसाइट

२. बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको वेबसाइट

३. सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको मेरो सेयरको वेबसाइट आईपीओ एप्लिकेसन रिपोर्टमा

४. धितोपत्र निष्काशक कम्पनी बलेफी हाइड्रोपावर वेबसाइट

गाउँ सहर संवाददाता

तपाईँको मत