गाउँ सहर

विमानस्थलबाट अवैध सुनसहित तीन जना पक्राउ

काठमाडाैं । प्रहरीले अवैध सुनसहित विमानस्थलबाट तीन जनालाइ पक्राउ गरेकाे छ । २९९.८८ ‍ग्राम अवैध सुनसहित विमानस्थलबाट रसुवाका तीन जनालाइ पक्राउ गरेकाे प्रहरीले जानकारी दिएकाे छ । एयर अरेवियाको उडानद्वारा सारजाहाबाट काठमाडौं आएका उनीहरु सुनसहित पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा रसुवा नौकुण्ड गाँउपालिकाका ३२ वर्षीय सुकुराम लामा, २७ वर्षीय पेम्बा थोक्रा र २२ वर्षीय बुद्धिमान तामाङ रहेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिई जाँच गर्दा उनीहरुको साथबाट उक्त परिणामकाे सुन भेटिएको प्रहरीले जनाएकाे छ । उनीहरुले सुनको सिक्री बनाएर सो सुन नेपाल भित्र्याएको विमानस्थल प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेकाे प्रहरीले बताएकाे छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत