गाउँ सहर
मालपोत कार्यालयका निमित्त प्रमुख पाँच लाख घुससहित पक्राउ
- गाउँ सहर संवाददाता
- २८ चैत सोमबार, २०७८ | ११:०९:०० मा प्रकाशित
काठमाडाैं । मालपोत कार्यालयका निमित्त प्रमुख घुससहित पक्राउ परेका छन् । धनुषाका निमित्त प्रमुख सुनिल झा घुससहित पक्राउ परेकाे अख्तियारले जानकारी दिएकाे छ ।
सेवाग्राहीसँग पाँच लाख घुस लिँदै गर्दा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको बर्दिबासस्थित कार्यालयले जनाकपुरको भानुचोकबाट उनलाई पक्राउ गरेको हो । जग्गा सम्बन्धी मुद्दा पक्षमा गरिदिने भन्दै घुस मागेको आरोपमा उनलाई सोमबार बिहान पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
रामकुमार महतो, सरिताकुमारी महतो र भाइबुहारी इसैरदेवी महतोको संयुक्त नाममा रहेको धनुषा झिझिकटैयाको जग्गामा विक्रम झाले हक साफ मुद्दा दायर गरेका थिए ।
मुद्दाको पेशी चैत १४ गते भएको थियो। निर्णय सुनाउने मिति २१ गते बोलाइएकोमा फैसला सुनाएवापत् घुस मागेको आरोप झामाथि छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस