राजनीति

४३ जिल्लामा भूमि आयोगका अध्यक्ष नियुक्त

काठमाडाैं । सरकारले राष्ट्रिय भूमि आयोगका ४३ जिल्ला अध्यक्ष  नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले बाँकी ४३ जिल्लाको अध्यक्ष  नियुक्त गरेसँगै ७१ जिल्लामा भूमि आयोगले नेतृत्व पाएको हाे ।  गत पुसको २१ मा २८ जिल्लाको अध्यक्ष ताेकिएकाे थियाे । 

४३ जिल्लामा तोकिएका अध्यक्षको सपथ विहीबार भएको आयोगका उपाध्यक्ष नहेन्द्र खड्काले जानकारी दिएका छन् । भूमि आयोगमा सरकारले मनोनित गरेका अध्यक्षहरु सत्तारुढ दलको भागवण्डाको आधारमा तय गरिएको छ ।

अध्यक्ष र भूमि विज्ञसहित अरु दुई जनालाई दलीय भागबण्डामा जिल्लामा मनोनित गरिने व्यवस्था छ । जिल्लामा डिभिजन वन, मालपोत, नापी, जिल्ला प्रशासन र जिल्ला समन्वय समितिका १-१ जना भूमि आयोगको जिल्ला संरचनाको सदस्य हुने कार्याविधि छ । जिल्लानमा नापी कार्यालयको प्रतिनिधि सदस्य सचिव हुनेछन् ।

ओली सरकारले गठन गरेको भूमि समस्या समाधान आयोगलाई विघटन गरेर ‘राष्ट्रिय भूमि आयोग’ गठन गरिएको थियो । भदौ २९ मा गठन गरिएको आयोगको केन्द्रमा सत्तारुढ दलले भागवण्डामा पदाधिकारी चयन गरेका थिए ।

कांग्रेस निकट शिक्षक संघका पूर्वअध्यक्ष केशव निरौलालाई आयोगको अध्यक्ष छन् । माओवादी केन्द्र निकट नहेन्द्र खड्का उपाध्यक्ष बनेका छन् । कानुन, नापी, मालपोत विज्ञका रुपमा तीन जनाले केन्द्रमा नियुक्ति पाएका छन् । आयोगलाई भूमिहिनको पहिचान गरि जग्गा वितरण गर्ने अधिकार छ ।

 

गाउँ सहर संवाददाता

तपाईँको मत