खेल

टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपाल र मलेसिया प्रतिस्पर्धा गर्दै

काठमाडौं । त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपालले आज बुधबार मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।

त्रिवि क्रिकेट मैदानमा नेपाल र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ । खेल १२:३० मा सुरु हुनेछ ।

सिरिजमा दुबै टोलीले सुखद सुरुवात गरिसकेका छन् । यी दुई टोलीले पपुवा न्युगिनी (पीएनजी) लाई पराजित गर्दै सिरिजमा राम्रो सुरुआत गरेको हो ।

यसअघि नेपाल र मलेसिया ६ पटक टी-ट्वान्टी अन्तर्राष्ट्रियमा आमनेसामने भएका छन् । मलेसियाविरुद्ध नेपाल हाबी हुँदै आएको छ । ५ खेलमा नेपालले बाजी मार्दा मलेसियाले नेपाललाई एक पटक पराजित गरेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत