चुनावी तालमेलमा दुई महामन्त्रीको फरक कुरा
- गाउँ सहर संवाददाता
- १४ चैत सोमबार, २०७८ | १९:२२:०० मा प्रकाशित
काठमाडाैं । स्थानीय तहकाे निर्वाचनका लागि गठबन्धन गर्नेबारे नेपाली कांग्रेसका दुई महामन्त्रीको मत बाझिएकाे छ ।
महामन्त्री गगन थापाले आफू गठबन्धनका पक्षमा नरहेको र यसले कांग्रेसलाई फाइदा नगर्ने बताए । तर अर्का महामन्त्री विश्वप्रकाश शर्मा भने आवश्यकताका आधारमा गठबन्धन गरेर जान सकिने बताउँछन् ।
सोमबार बसेको केन्द्रीय समिति बैठकमा महामन्त्री थापाले गठबन्धनलाई सैद्धान्तिक रुपमा पुष्टि गर्न नसकिने भएकाले आफू गठबन्धनको पक्षमा नरहेको बताएका हुन् ।
थापाले कम्युनिष्ट होइन एजेन्डा बोकेर चुनावमा जान प्रस्ताव गरेका छन् । थापाले कम्युनिष्टहरुको भारी बोकेर चुनावमा गए त्यसले लाभ भन्दा धेरै क्षति पुर्याउने चेतावनी समेत दिएका छन् ।
उनले पार्टीको आन्तरिक एकता सुदृढ बनाएर चुनावमा गए विगतमा थोरै मतान्तर भएका अधिकांस क्षेत्रमा चुनाव जितिने बताए । उनले त्यस्तो गर्दा कांग्रेस एक्लैको ५० प्रतिशत भन्दा बढी स्थानीय तहमा प्रतिनिधिहरु निर्वाचित हुने दावी समेत गरे ।
कांग्रेसले चुनाव अघिको गठबन्धन कांग्रेससँग गर्न चाहेको भए पनि निर्वाचनपछिको गठबन्धन कांग्रेससँगै गर्छ भन्ने ग्यारेन्टी नभएको बताए ।
तर महामन्त्री शर्माले भने ०७४ मा पार्टीले धेरै सिट हारेकोले जित्नका लागि आवश्यकताका आधारमा गठबन्धन गर्न सकिने बताएका छन् ।
महामन्त्री शर्माले अहिले कांग्रेस हिजोभन्दा बलियो अवस्थामा पुगेको बताए । ‘कांग्रेसले महामारीका बेला जनताको दुःखमा साथ दिएको छ, एमसीसी पास गरेर नेपालीको समृद्धिको सपनालाई अघि बढाएको छ, संविधान र लोकतन्त्रको रक्षाका निमित्त कांग्रेसले भूमिका खेलेको छ,’ उनले भने, ‘त्यसैले कांग्रेसभन्दा बलियो र स्थिर शक्ति अर्को छैन ।’
कांग्रेसले गठबन्धनबारे भोलि सैद्धान्तिक निर्णय गर्ने तयारी गरेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस