अर्थतन्त्र

साेमबार सुनचाँदीकाे मूल्यमा गिरावट, कतिमा हुँदैछ काराेबार ?

काठमाडाैं । नेपाली बजारमा सुनको मूल्य सोमबार चार सय रुपैयाँले घटेको छ । सोमबार छापावाल सुनको मूल्य तोलाको एक लाख पाँच सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएकाे छ । 

महासंघका अनुसार यसअघि आइतबार सुन तोलाको एक लाख नौ सय रुपैयाँमा कारोबार भएको थियो । सोमबार तेजावी सुनको मूल्य तोलाको एक लाख रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको मूल्य २० रुपैयाँले घटेको छ । आइतबार एक हजार चार सय रुपैयाँमा कारोबार भएको चाँदी सोमबार एक हजार तीन सय ८० रुपैयाँ निर्धारण भएको महासंघले बताएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत