गाउँ सहर

दुईवटा मोटरसाइकल आपसमा ठोकिँदा एक जनाको मृत्यु

काठमाडाैं । दुईवटा मोटरसाइकल आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ । चितवनको कालिका नगरपालिका–६ मा हिजो दुईवटा मोटरसाइकल आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको हाे ।  खोलेसिमलबाट मिलीजुली चोक तर्फ जाँदै गरेको बा ७१ प ९५९५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउदै गरेको ना ३२ प ६५ ३३ नम्बरको मोटरसाइकल आइतबार साँझ पौने ६ बजे ठोकिएकाे प्रहरीले जानकारी दिएकाे छ । 

दुर्घटनामा गम्भीर घाइते भएका बा ७१ प ९५९५ नम्बरको मोटरसाइकल चालक चितवनको रत्ननगर नगरपालिका–१२ का १९ वर्षीय प्रविन परियारको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएकाे छ । 

प्रहरीका अनुसार दुवै मोटरसाइकलसहित अर्का मोटरसाइकल चालकलाई नियन्त्रणमा लिइएकाे छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत