खेल

फुटबल : नेपालले आज चोनबुरीसँग खेल्दै

काठमाडौं । थाइल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले आइतबार त्यहाँको माथिल्लो डिभिजन क्लब चोनबुरी एफसीको सामना गर्दैछ । मैत्रीपूर्ण खेल नेपाल समय अनुसार बेलुका ५:४५ मा सुरु हुनेछ ।

नेपालले चोनबुरीसँग उसकै मैदानमा खेल्न लागेको हो । सन् १९९७ मा स्थापित चोनबुरीले २००७ मा थाइ लिग वान जितेको थियो । अहिले चलिरहेको लिगमा चोनबुरी १६ टिममध्ये पाँचौं स्थानमा छ ।

एसिया कप छनोट तेस्रो चरणको तयारीका लागि चोनबुरीमा रहेको अब्दुल्लाह अल्मुताइरीको टिमले यस अगाडि थाइल्यान्डको राष्ट्रिय टिमविरुद्ध खेलेको थियो र त्यसमा नेपाल २–० ले पराजित भएको थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत