गाउँ सहर

पिङ दुर्घटनामा परि घाइते भएका १४ मध्ये तीन गम्भीर

बुटवल । कपिलवस्तुमा पिङ दुर्घटना हुँदा १४ जना घाइते भएका छन्।

तीमध्ये ३ जना गम्भीर छन्।

कपिलवस्तुको वाणगंगा जितपुरमा व्यापार मेला तथा महोत्सवमा राखिएको डुंगे पिङ दुर्घटना हुँदा गम्भीर घाईते भएका ३ जनालाई उपचारका लागि बुटवल ल्याइएको छ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक दान बहादुर कार्कीले गम्भीर घाइतेको उपचारका लागि बुटवल पठाएको बताए। मेलाको अन्तिम दिन शुक्रबार बेलुका मेला हेर्न गएकाहरू पिङ खेलिरहेको बेला पिङ चुँडिएको थियो।

गम्भीर घाइते हुनेमा वाणगंगा नगरपालिका वडा नम्बर १ का अर्जुन क्षेत्री, सिर्जना थारु र कपिलवस्तु नगरपालिका ९ की आकृति खनाल रहेका छन्।

अर्घाखाँची शितगंगा नगरपालिका २ की मनिषा क्षेत्री, वाणगंगा नगरपालिका ४ का आशिका बिसी, अञ्चल पुन, बम बहादुर क्षेत्री, वडा नम्बर ८ की सीमा खत्री, महिमा चौधरी, सिर्जना सुनार, वडा नम्बर ९ का कृष्ण घर्ती मगरलगायत सामान्य घाईते भएका छन्। उनीहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ।

गाउँ सहर संवाददाता

तपाईँको मत