अर्थतन्त्र

शुक्रबार सुनचाँदीकाे भाउ बढ्याे, यस्ताे छ बजार भाउ

काठमाडाैं । नेपाली बजारमा सुनको मूल्य शुक्रबार ६ सय रुपैयाँले बढेको छ । शुक्रबार छापावाल सुनको मूल्य तोलामा ६ रुपैयाँले बढेर एक लाख नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएकाे छ । 

महासंघका अनुसार बिहीबार सुन तोलाको एक लाख तीन सय रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार तेजावी सुनको भाउ तोलाको एक लाख चार सय रुपैयाँ निर्धारण भएको छ ।  

चाँदीको मूल्य पनि प्रतितोलमा २५ रुपैयाँले बढेको छ । बिहीबार एक हजार तीन सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार एक हजार चार सय निर्धारण भएको महासंघले बताएकाे छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत